दफा १९
क्षतिपूर्ति दिइने
(१) दफा १५ बमोजिम प्राप्त गरिएको जग्गाको सम्बन्धमा तोकिएको दरले क्षतिपूर्तिको रकम नेपाल सरकारले दफा २० को अधिनमा रही जग्गावालालाई दिनेछ ।
(२) जग्गावालाको हक अरूलाई हस्तान्तरण भएपछि क्षतिपूर्तिको अड्ढको सयकडा १० नगदमा १ वर्षभित्र दिइनेछ र बाँकीको निमित्त नेपाल सरकारबाट निष्काशित ऋणपत्रहरू दिइनेछ । यी ऋणपत्रहरूमा वार्षिक ३ प्रतिशतमा नघ्टने र ५ प्रतिशतमा नबढ्ने गरी नेपाल सरकारले तोके बमोजिमको दरले व्याज दिइनेछ । ऋणपत्र निष्काशित गरिएको मितिले १० वर्षको अवधिभित्र ती ऋणहरूबाट नेपाल सरकारले तोकेको शर्त बमोजिम विकास योजनामा लगानी हुने पूजीको शेयर किन्न सकिनेछ ।
(३) उपदफा (२) बमोजिम दिइएको ऋणपत्र नेपाल सरकारमा बुझाउनु पर्ने डिपोजिट वा जमानतको निमित्त र कुनै स्वशासित संगठित संस्थामा धितो राखी उद्योगको निमित्त ऋण लिनको लागि ग्राहृय हुनेछ र त्यस्तो ऋणपत्रको नामसारी तथा बेचविखन हुन सक्नेछ ।